दफा १५३
अधिकृत वारिस सम्बन्धी व्यवस्था

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आफ्नो तर्फबाट कुनै मुद्दा किटान गरी वा नगरीफिराद गर्न, प्रतिउत्तरपत्र दर्ता गर्न, फिराद दाबी फिर्ता गर्न, मिलापत्र गर्न वा अन्य कानूनी कामकारबाहीका लागि वारिसनामाको कागज लेखी कुनैव्यक्तिलाई अधिकृत वारिस नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै मुद्दा किटान नगरी सामान्य रूपमा अधिकृत वारिस नियुक्त गर्नु परेमा नेपालभित्र भएकुनै जिल्ला अदालतको न्यायाधीश र नेपाल बाहिर भए कुनै नेपाली राजदूत वा महावाणिज्यदूतको रोहबरमा वारिसनियुक्ति गर्ने व्यक्तिले वारिसनामामासहीछाप गरी सो वारिसनामा निजबाट प्रमाणितगराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम वारिसनामा प्रमाणित गराउनचाहनेले वारिसनामाको कागजमा आफ्नो र वारिसनियुक्त हुने व्यक्तिको फोटो टाँसी वारिस लिने दिने दुवैको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीकोप्रतिलिपि जिल्ला न्यायाधीश वा नेपाली राजदूताबास वा महावाणिज्य दूताबास समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम वारिसनामा प्रमाणित गर्दापाँच सय रुपैयाँ दस्तुर लाग्नेछ ।
(५) यस दफा बमोजम अधिकृत वारिस नियुक्त भएको व्यक्ति मुद्दाको कारबाही, सुनुवाई र किनारा हुँदा अदालतमा उपस्थितहुन वा त्यस्तो प्रयोजनका लागि निजले अर्को व्यक्तिलाई वारिस नियुक्त गर्न सक्नेछ ।